मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

0
5

संखुवासभा ।

संखुवासभाको पाँचखपन नगरपालिका–९ याङ्सिजुङमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

वानातर्फ आउदै गरेको बा ४० प १७९ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट जादै गरेको को ३७ प १८४२ नंम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाँदा को ३७ प १८४२ नंम्बरको मोटरसाईकल सडकबाट अन्दाजी १० मिटर तल खसेर दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल पछाडी सवार स्थानीय ६५ बर्षीय पदमबहादुर बिश्वकर्मको घटनास्थानमै मृत्यु भएको थियो ।

दुर्घटनामा परी घाईते भएका मोटरसाईकल चालक २७ बर्षीय कमानसिं बिश्वकर्मा र अर्को मोटरसाईकल चालक धनकुटा नगरपालिका– १० का २३ बर्षीय पदम भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय वानाबाट थप अनुसन्धान भइरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here