खुकुरी प्राहरबाट एक जनाको मृत्यु

0
6

संखुवासभा ।

संखुवासभाको सभापोखरी गाउँपालिका–२ ज्यामिरेमा खुकुरी प्राहरबाट एक जनाको मृत्यु भएको छ ।

गत शुक्रबार बेलुका विक्रम राईको घरमा धामी राखेको ठाउँमा गएका स्थानीय २९ बर्षीय रविन चाम्लिङ राई र २६ बर्षीय सहन्शिल राई बीच आपसि विवाद हुँदा सहन्शिल राईले रविन चाम्लिङ राईलाई धारीलो हतियार खुकुरी शरिरको बिभिन्न भागमा प्रहार गरि घाईते बनाई फरार भएका थिए ।

घाईते रविन चाम्लिङ राईको जिल्ला अस्पताल संखुवासभामा उपचार पश्चात थप उपचारको लागि धरान घोपा पठाईएकोमा उपचारको क्रममा शनिबार मृत्यु भएको थियो ।

घटनाको जानकारी पाए लगतै प्रहरी चौकी धुपुबाट खटिएको प्रहरी टोलीले हत्यामा संलग्न सहन्शिल राईलाई पक्राउ गरेको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट अन्य थप अनुसन्धान भइरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here