जगतबस्तीमा सामुदायिक भवन

0
6

बिर्तामोड ।

झापाको बिर्तामोड– १ दुर्गा पाञ्चायन टोल जगतबस्तीको दुर्गा मन्दिर परिसरमा सामुदायिक भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

१८ लाख रुपैयाँ लागतमा १२ हजार वर्गफिट क्षेत्रफलको सामुदायिक भवन निर्माण भइरहेको निर्माण समिति तथा जगतबस्तीमा सामुदायिक भवन मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लवकुमार बस्नेतले बताए । भवन निर्माणका लागि हालसम्म करिब १० लाख संकलन भएको र १४ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको समितिका सचिव भवानी प्रसाईंले जानकारी दिए ।

उक्त भवनका लागि मार्बल–टायल्स, रंगरोगन, विद्युत वायरिब, सिलिब लगायतका काम बाँकी रहेको बताइएको छ । उक्त भवन निर्माण तथा मन्दिर व्यवस्थापनको काम बस्नेतको अध्यक्षतामा रहेको ११ सदस्यीय समितिले गर्दै आएको छ । समितिको उपाध्यक्षमा दिलीपकुमार भट्टराई, सचिव प्रसाईं, सहसचिव चन्द्रकुमार श्रेष्ठ र कोषाध्यक्ष लक्ष्मी गिरी सुवेदी रहेका छन् ।

सदस्यहरुमा भावना कार्की, पदमकेशर गिरी, रुद्रप्रसाद दाहाल, खड्गबहादुर भण्डारी, शारदा तामाब र गीता ढुंगाना रहेका छन् । उक्त भवन निर्माणका लागि टोलबासीले सहयोग गरिरहेका छन् भने अन्य क्षेत्रबाट दाताहरुले समेत सहयोग गरिरहेको बताइएको छ । भवन निर्माणपछि टोलबासीलाई सामाजिक कार्यमा सहज हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here