दमकमा फर्निचर उद्योगमा आगलागी

0
5

दमक,

झापाको दमकमा एक फर्निचर उद्योगमा आगलागी भएको छ ।

दमक नगरपालिका-७ का चपन सरकारले दमक ८ मा सञ्चालन गरेको क्रिष्टल फर्निचर उद्योगमा आइतबार साँझ ७ः४० बजेको समयमा आगलागी भएको हो ।

बिजुलीको तार सर्ट भई आगलागी हुँदा टिनको छानो, काठको बेरा भएको २ तले घर पूर्ण रुपमा जल्दा अन्दाजी ४ लाख बराबरको क्षति भएको छ ।

नेपाल प्रहरी, दमक नगरपालिकाको दमकल, स्थानीयबासीको सहयोगमा राति सवा ८ बजे पूर्ण रुपमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here