जुकेखाडीमा नयाँ कार्यसमितिको लागि भएको चुनाव सम्पन्न

0
5

अर्जुनधारा।

झापाको अर्जुनधारा–३स्थित जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको नयाँ कार्यसमिति चयनका लागि सोमबार निर्वाचन सम्पन्न भएको छ ।

निर्वाचन समितिका संयोजक दिपीन राईका अनुसार जम्मा मतदाता तीन हजार पाँच सय ३६ जनामध्ये तीन हजार ३४ जनाले मतदान गरेको बताइएको छ ।

जसअनुसार समूहको कार्यालय प्राङ्गणमा रहेको मतदान केन्द्रमा एक हजार छ सय ८० जना र अर्जुनधारा–४ मदनपुरस्थित शिवनारायण आधारभूत विद्यालय प्राङ्गणमा रहेको मतदान केन्द्रमा एक हजार तीन सय ५४ जनाले मतदान गरेका थिए ।

कार्यालय प्राङ्गणमा रहेको मतदान केन्द्रमा समूह अन्र्तगत रहेको क्षेत्र नं. १, २ र ३का तथा विद्यालय प्राङ्गणमा रहेको मतदान केन्द्रमा क्षेत्र नं. ४र ५का मतदाताहरुले मतदान गरेका थिए ।

विहान ८ बजेदेखि मतदान गर्ने कार्य शुरु भई अपरान्ह ४ः३० बजे सम्म भएको उक्त निर्वाचनको जनप्रतिनिधि, पर्यवेक्षक, सञ्चारकर्मीहरुको टोलीले अनुगमन तथा पर्यवेक्षण गरेका थिए ।

निर्वाचन समितिका संयोजक राईका अनुसार हाल मतपेटिका संकलनको कार्य भइरहेको र मतगणना समूहको कार्यालयमा राती ८ बजेदेखि शुरु हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here