अर्जुनधारामा जंगली हात्तीद्धारा चार वटा घर तथा अन्नबालीमा क्षति

0
5

झापा ।

झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर १ र ९ मा जंगली हात्तीले चारवटा घरमा क्षति पुर्याएको छ ।

अर्जुनधारा–१ मदनपुर र ९ स्थित शालिन चोकमा जंगलबाट आएको एउटा हात्तीले मंगलबार बिहान ४ बजेको समयमा घरमा क्षति पुर्याएको हो । चार वटा घरमा गरेर १ लाख ९० हजार रुपैयाँ बराबरको क्षति भएको बताइएको छ ।

अर्जुनधारा–१ मदनपुरका रमेश रिमालको २ तले पक्की घरको पश्चिम पट्टिको एउटा कोठामा रहेको पसलको पश्चिम पट्टीको सटर हात्तीले फुटाउँदा पसलमा रहेको विभिन्न खाद्यन्न सामाग्रीहरु गरी २५ हजार मूल्य र सोही स्थानका मनबहादुर दाहालको १ कठ्ठामा लगाएको मकै बाली खाएर कुल्चिदा ५ हजार) मूल्य बराबरको क्षेती भएको प्रहरीले जनाएको छ ।

त्यस्तै सोही स्थानकी मिरा ढकालको ४ कठ्ठामा लगाएको मकै बाली मध्ये १ कठ्ठाको मकै बाली खाएर कुल्चिदा १० हजार मूल्य बराबरको हानी नोक्सानी गरेको र अर्जुनधारा ९ शालिन चोककी इन्दिरा कुँवारको टिनले छाएको इट्टा सिमेन्टले बनेको घरको पश्चिम पट्टीको कोठाको झ्यालसहित चौखट र पर्खाल भत्काई उक्त कोठामा रहेको २०० केजी धान र १०० के.जी. तोरी खाएर कुल्चिएर छरेर साथै पुर्व पट्टिको ग्रिल समेत भत्काई १ लाख ५० हजार मूल्य बराबरको क्षेती भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उक्त क्षेति गरेको खबर प्राप्त हुन साथ प्रहरी चौकी शनिश्चरेको प्रहरी टोली बुझेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here