जुकेखाडी सामुदायिक वनको अध्यक्षमा श्रेष्ठ निर्वाचित

0
8

अर्जुनधारा ।

झापाको अर्जुनधारा–३ स्थित जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा मोहन श्रेष्ठ १८०१ मत प्राप्त गरि निर्वाचित भएका छन् ।

समूहको गत सोमबार सम्पन्न निर्वाचनमा उनका निकटतम प्रतिष्पर्धी नरेन्द्रप्रसाद मिश्रलाई ६२० मतले पराजित गर्दै श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् । मिश्रले ११८१ र अर्का अध्यक्षका उम्मेदवार भोलानाथ पौडेलले २२३ मत प्राप्त गरेका थिए ।
त्यसैगरी उपाध्यक्षमा लक्ष्मीराम शर्मा तिम्सिना १४०७ मत प्राप्त गरि निर्वाचित भएका छन् । उनका निकटतम प्रतिष्पर्धी नारायण पौडेलले १३२४ र अर्का उपाध्यक्षका उम्मेदवार खम्बबहादुर दाहाल “खेम”ले ३९६ मत प्राप्त गरेका थिए ।

त्यस्तै सचिवमा उर्मिला कटुवाल अधिकारी १४४१ मत प्राप्त गरि निर्वाचित भएकी छिन् । उनकी निकटतम प्रतिष्पर्धी कमला रिमालले १२५१ र अर्का सचिवका उम्मेदवार जानुका खतिवडाले ३३१ मत प्राप्त गरेका थिए ।

त्यसैगरी सहसचिवमा सोमनाथ चापागाईं ११४४ मत प्राप्त गरि निर्वाचित भएका छन् । उनका निकटतम प्रतिष्पर्धी लोकेन्द्र कार्कीले ११०८ र अर्का सहसचिवका उम्मेदवार टेकनाथ निरौलाले ३८४ मत प्राप्त गरेका थिए ।

त्यस्तै कोषाध्यक्षमा मनिला जवेगु लिम्बू १५१३ मत प्राप्त गरि निर्वाचित भएकी छिन् । उनकी निकटतम प्रतिष्पर्धी रञ्जना कुँवर “सृजना”ले १३०९ र अर्का कोषाध्यक्षका उम्मेदवार कुलमाया बुढाथोकीले २७६ मत प्राप्त गरेका थिए ।

त्यसैगरी समूहको खुल्ला सदस्यहरुमा नरेन्द्रप्रसाद ओझा(२२७), कृष्णप्रसाद बाँस्कोटा (३२४), यामनाथ पराजुली(१६८), यामबहादुर थापा(१६१), ज्ञानबहादुर कार्की(४७०), अनिता खाती(२९५), निरुता लिम्बू(३५७), सरस्वता थापा(१६६), नारायणीकुमारी सुवेदी(१३५) र सविताकुमारी धौलाकोटी रोक्का(४८४) निर्वाचित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here