पथरी शनिश्चरे तथा उर्लाबारी जोड्ने ट्रस पुल निर्माण : अनुगमन टोलीद्वारा निरीक्षण

0
8

पथरी शनिश्चरे,

मोरङको पथरी शनिश्चरे वडा नम्वर २ बाट उर्लाबारी -०३ नयाँ मंगलबारे बजार जोड्ने ट्रस पुलको निर्माण सम्पन्न भएको छ।

पथरी शनिश्चरे र उर्लाबारी नगरपालिकाको संयुक्त रूपमा स्थापना भएको नयाँ मंगलबारे हाट बजारमा कृषि तथा व्यापारिक प्रयोजनका लागि सो सुनझोडा नदिमाथि पुल निर्माण भएको हो।

हरेक साताको मंगलबार हाट बजार लाग्दै आएकोले सो सुनझोडा नदिमाथि यातायात सहजताका लागि ४८ मिटर लम्बाई र १५० सेमी चौडाई भएको सो पुल निर्माण गरिएको वडाध्यक्ष नैना साम्पाङ राईले बताउनुभयो।

उहाँका अनुसार वर्षातको मौसममा पनि पथरी शनिश्चरे नगरपालिकाका वडा नम्वर २,३,४,५,६,७मा बसोबास गर्दै आएका
कृषक,पशुपालक तथा व्यापारीहरूले उत्पादन गरेका विभिन्न कृषिजन्य वस्तुहरुको खरीद तथा बिक्री गर्नका लागि सो पुल बनेपछि ३ हजार ३ सय बढि जनसंख्या लाभान्वित हुने वडा अध्यक्ष राईले बताउनुभयो।

सो पुलको निर्माणकार्य सम्पन्न भैसके पनि औपचारिक उद्घाटन भने हुन बाँकी रहेको छ। संघीय सरकारको झुलुङ्गे पुल आयोजना अन्तर्गत सो पुल निर्माणको लागि संघीय, प्रदेश, स्थानीय सरकारहरू तथा जनश्रमदान गरी कूल ६९ लाख ५१ हजार ५ सय रुपैयाँको लागतमा निर्माण भएको हो।

उर्लाबारी नगरपालिकाको व्यापार प्रर्वद्धनमा पनि विशेष सहयोग पुग्ने सो हाट बजारलाई जोड्नका लागि सुनझोडा नदिमाथि पुल निर्माणको लागि पथरीशनिश्चरे नगरपालिकाले एकतर्फी पहल गरेको हो।

सो पुल निर्माणका लागि पथरीशनिश्चरेले ४ लाख १७ हजार रुपैयाँ खर्चेको छ भने कोशी प्रदेश सरकारले २० लाख ५६ हजार ४५९ रूपैयाँ बराबरको जिन्सी सामानहरु उपलब्ध गराएको थियो।जसमा स्थानीय उपभोक्ताले १ लाख ३९ हजारको जनश्रमदान गरेका थिए।

पथरी शनिश्चरे नगरकी उप–प्रमुख तथा अुनगमन समितिकी संयोजक देविमाया काफ्लेको अगुवाईमा हिजो सोमबार सो पुल सहित अन्य योजना तथा कार्यक्रमहरूको अनुगमन गरिएको छ ।
अनुगमनमा नगरका योजना शाखा प्रमुख शिवकुमार राई, अनुगमन समितिका सदस्य वीरबहादुर राई, अन्जना दर्जी, इन्जिनियर सन्तोष केसी र प्राविधिकहरुको सहभागिता रहेकाे थियो ।

त्यसैगरी , वडा नं. १० को कवर्ड हल निर्माण तथा स्तरोन्नति, पिपल डाँडा स्कुल दक्षित बाटो ग्राभेल र वडा नं. २ को सुनझोडा खोलामा ट्रस ब्रिजको अनुगमन गरिएको थियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here