बेलबारीमा श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या

0
7

बेलबारी ।

मोरङको बेलबारीमा एक ब्यक्तिले श्रीमतीको हत्या पछि आत्महत्या गरेका छन् ।

बेलबारी नगरपालिका–१ मा ६० वर्षीय बमबहादुर लिम्बूले श्रीमती ४५ वर्षीया गीता लिम्बूको हत्या गरेर आफूले पनि आत्महत्या गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए।

उनका अनुसार लिम्बू दम्पती बेलबारी–१ भेडा टोलस्थित निर्मला राईको घरमा चार वर्षदेखि डेरा बस्दै आएको खुलेको छ। बमबहादुरले दाउले प्रहार गरेर श्रीमती गीताको हत्या गरेको बताइएको छ । दाउ प्रहारबाट टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा चोट लागेकी गीताको घटनास्थलमै मृत्यु भएको हो।

श्रीमतीको हत्यम गरेपछि बमबहादुरले पनि त्यही दाउले आफ्नो घाँटी रेटेर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। बमबहादुरलाई घाँटी रेटेर गम्भीर घाइते भएको अवस्थामा प्रहरीले फेला पारेको थियो।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहाल नेतृत्वको टोलीले उद्धार गरेर उपचारका लागि विराटनगरको नोबेल अस्पताल पठाए पनि उनको अस्पतालमा नै मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here