मोरङ।
कर्यव्य ज्यान मुद्धामा जन्म कैद सजाय भएका तीन जना फरार प्रतिवादीलाई १६ वर्ष पछि प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको मिक्लाजुङ गाउँपालिका–१ का ४८ बर्षीय जितबहादुर राई, ४१ बर्षीय गंगा भन्ने ज्ञानबहादुर राई र ४० बर्षीय लक्ष्मण राई रहेका छन् ।
इलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले मिक्लाजुङ गाउँपालिका–१ र झापाको काँकरभिट्टाबाट पक्राउ गरेको हो ।
उनीहरुले मिति २०६४ जेठ २० गते राती सोहि स्थान बस्ने हर्कराज राईको घर पैँचोमा विवाद हुँदा ३८ बर्षीय सन्तोष राईलाई लाठ्ठी, भाटाले कुटपिट गरी हत्या गरेको र हत्या पश्चात शवलाई केमुना भंज्याङको जंगलमा खाल्डो खनेर पुरेका थिए ।
उक्त घटनामा पक्राउ परेका उनीहरुको मोरङ जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्धामा जन्म कैदको सजाय भई फरार रहेका थिए । पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत मोरङ उपस्थित गराईएको प्रहरीले जनाएको छ ।