गौरीगञ्जमा जलेर एक जनाको मृत्यु

0
5

झापा ।

झापाको गौरीगञ्ज गाउँपालिका–१ बिर्खेबस्तिमा आगोले जलेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ५५ बर्षीय निलकन्ठ घिमिरे रहेका छन् । आज बिहान तरकारी खेतीमा माथिबाट छोपेको परालमा अचानक आग्लागी हुँदा घिमिरेको जलेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी महाभाराबाट प्रहरी टोलीले घट्नास्थल सुरक्षित राखेर थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरीको टोली खटिएको थियो ।

शवलाई पोष्टमाटमको लागि दमक अस्पताल दमक पठाईएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनााएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here