अझै दुई दिन पानी पर्ने,कोशी र मधेस प्रदेशमा हुरीसहित वर्षाको सम्भावना

0
78
काठमाडौँ,
पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावले झापासहित देशका विभिन्न स्थानमा वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी कोशी, मधेस र बागमती प्रदेशमा वर्षा भएको छ । काठमाडौँ उपत्यकामा बुधबार दिनभर निरन्तर वर्षा भएको छ । महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले कोशी, मधेस र बागमती प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा वर्षा भएको जानकारी दिनुभयो ।
उहाँले आगामी तीन दिनसम्म वर्षाको सम्भावना रहेको बताउनुभयो । “आज काठमाडौँमा  दिनभर नै वर्षा भएको छ, आगामी दुई दिनसम्म उल्लेख्य रुपमा मौसममा सुधार हुने देखिँदैन तर बुधबारको जस्तो झरी हुँदैन । दुई दिनपछि पनि नयाँ मौसमी प्रणाली भित्रिने भएकाले वर्षाको सम्भावना छ ।
मौसमविद् अधिकारीले आज  बिहीबार कोशी र मधेस प्रदेशमा हुरीसहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गर्नुभयो ।  महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा हाल नेपालमा पश्चिमीन्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।
जसका कारण अहिले  कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङ्सहित  छिटपुटदेखि हल्का वर्षा तथा गण्डकी प्रदेशको एक–दुई स्थानमा छिटपुट वर्षा भइरहेको छ भने ती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here