पिकअपको ठक्करबाट साइकल यात्रीको मृत्यु

0
5

मोरङ ।

मोरङको ग्रामथान गाउँपालिका–५ मा पिकअप गाडीको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ ।

को २ च २१७ नम्बरको दुध बोक्ने पिकअप गाडीले बाटो क्रस गर्दै गरेको साईकललाई ठक्कर दिदा साईकलमा सवार ग्रामथान गाउँपालिका ३ का ५६ बर्षीय हुवालाल माझी घाईते भएका थिए ।

घाईते माझीलाई उपचारको लागि आर्या न्युरो अस्पताल बिराटनगर लागिएकोमा उनको अस्पताल पुर्‍याउन साथ मृत्यु भएको थियो ।

घटनामा संलग्न ठक्कर दिने पिकअप र पिकअप चालक बिराटनगर महानगरपालिका–१ का ३९ बर्षीय राजेश गुप्तालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here