ढाका बुनाई सम्बन्धी वृहततालिम सम्पन्न

0
4

अर्जुनधारा । झापाको अर्जुनधारा–८स्थितनारी चेतना समूहको आयोजना र ललितपुरस्थित टेवा नेपालको आर्थिक सहयोगमाआयोजित ढाका बुनाई सम्बन्धीदुई महिने वृहततालिमशुक्रबार सम्पन्नभएको छ ।
समूहले यस अघि सञ्चालन गरेको आधारभूत तालिमबाट छनौट भएका सातजनामहिलालाई उद्यमीबनाउने उद्देश्यले उक्ततालिमगत माघ ८ गतेबाट सञ्चालनगरिएको थियो ।
समूहकीअध्यक्षपम्फादेवीविश्वकर्माको अध्यक्षता र अर्जुनधारा नगर कार्यपालिका सदस्यएवम् सामाजिकविकास समितिका संयोजककौशीलाल परियार ‘भोला’को प्रमुखआतिथ्यमाआयोजित समापनकार्यक्रममा सहभागीहरुलाई प्रमाण पत्रवितरण गरिएको थियो ।
तालिमकी सहभागीअमितालिम्बू राईले तालिमको अनुभव प्रस्तुत गरेको कार्यक्रममाअर्जुनधारा–७ नं. वडा कार्यालयकाकार्यवाहक वडाध्यक्ष हरिबहादुर कटुवाल, निवर्तमाननगर कार्यपालिका सदस्य रमेशकुमार दर्जी, जलेश्वर सामुदायिकसिकाइ केन्द्रकीअध्यक्षपुनम सुवेदी, समूहकीपूर्व अध्यक्षमिश्राकुमारी राईलगायतले मन्तव्य राखेकाथिए । उक्तकार्यक्रमको सञ्चालन सचिव पूर्णिमा सिटौलाले गरेकीथिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here