नव दुर्गा सरहे समितिको सभा

0
4

लक्ष्मीपुर ।

झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ५ को नव दुर्गा सरहे समितिको २० औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । अर्जुनधारा–५ स्थित बिहीवारे बजारको समुदायिक भवनमा शनिवार साधारणसभा सम्पन्न भएको हो ।

सरहे समितिका अध्यक्ष अर्जुन रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा पण्डीत महेश्वर ओझाको प्रमुख आतिथ्य रहेको थियो । स्वागत समिति सदस्य मुना चम्लागाईले गरेको कार्यक्रमको सञ्चालन तेजकुमार गिरीले गरेका थिए । कार्यक्रममा नव दुर्गा पञ्चायन मन्दिरका अध्यक्ष छबिलाल लम्सालको बिशेष आतिथ्य रहेको थियो ।

सरहे समितिले क्षेत्राधिकार भित्र कसैको मृत्यु भएमा प्रत्येक परिवार सरहे सदस्यले एक सय रुपैयाँ सरहे रकम दिनु पर्ने समितिको नियम छ । १९ सदस्य कार्य समिति रहेको उक्त सरहे समितिले कार्य समितिको घरमा आफन्तको मृत्यु हुँदा समवेदनासहित एक हजार रुपैयाँ प्रदान गर्दै आएको र सदस्यको मृत्यु भएमा एक हजार रुपैयाँ मात्र प्रदान गर्ने गरेको अध्यक्ष रेग्मीले बताए ।

साधारण सभामा समितिको बार्षिक प्रतिवेदन तथा आम्दानी र खर्च, गतको समिक्षा र आगामी कार्ययोजनाका बिषयमा छलफल भएको थियो । समितिमा एक अध्यक्ष, एक सचिव र एक कोषाध्यक्षसहित अन्य क्षेत्र सदस्य र सदस्य गरेर १९ जनाको रहेको बताइएको छ । सरहे समुहमा २६६ घर परिवार सदस्य रहेका अध्यक्ष रेग्मीद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

समितिकी कोषध्यक्ष कला भण्डारीले प्रस्तुत गरेको आय-ब्यय अनुसार उक्त समिति चयन अगाडीको नगद मौज्दात ७२ हजार ३२८ रुपैयाँ, जरिवानाबाट १२ हजार ४००, सामाग्री भाडाबाट ३१ हजार ९००, सदस्यता बापत ४३ हजार ५०० र पाउन बाँकी जरिवाना एक हजार २०० रुपैयाँ गर्दा जम्मा एक लाख ६१ हजार ३२८ रुपैयाँ आम्दानी भएको छ ।

खर्चतर्फ बिविध गरेर जम्मा १ लाख ३२ हजार ५४४ रुपैयाँ, कोषाध्यक्ष सापटी १९७ रुपैयाँ र समितिको सहकारी खातामा २८ हजार ४८७ रुपैयाँ मौज्दात रहेको कोषाध्यक्ष भण्डारीले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । ४ बर्ष कार्यकाल रहेको समितिले प्रत्येक २ बर्षमा साधारणसभा गर्ने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here