विराटनगर ।

मोरङको विराटनगरमा नेपाल दृष्टि विशेषज्ञ संघ कोशी प्रदेशले विश्व दृष्टि विशेषज्ञ दिवस विभिन्न कार्यक्रमहरु गरी मनाएको छ।
विश्वभरीका दृष्टि विशेषज्ञहरुले मार्च २३ लाई दृष्टि विशेषज्ञ दिवसको रुपमा मनाई राख्दा चैत्र १० गते बिराटनगरमा आँखा स्वास्थ्य सेवाको जनचेतना मूलक नाराका साथ उक्त कार्यक्रम सम्पन्न गरिएको संस्थाका कोषाध्यक्ष दृष्टि विशेषज्ञ संजीब कुमार यादबले जानकारी दिए ।
आँखाको नियमित परिक्षण गराउँ, आँखा रोगबाट टाढा बसौँ, दिनको २ घण्टा नानीबाबुहरुलाई घर बाहिर खेलाउँ, २०५० सम्ममा हुने दृष्टि दोषको महामारीबाट बचौँ जस्ता जनचेतनामूलक नारा लगाउँदै दृष्टि विशेषज्ञहरुले ¥याली निकालेका थिए ।
दृष्टि विशेषज्ञ संघ कोशी प्रदेशक सल्लाहकार अमित कुमार सिंहले कार्यक्रमको सञ्चालन गरेका थिए भने कोण सभाको सभापतित्व संस्थाका अध्यक्ष अजित कुमार ठाकुरले गरेका थिए। कार्यक्रमको प्रमुख अतिथिमा डा.प्रमोद गौतम तथा विशेष अतिथिमा नेत्र सहायकहरु कुमुद झा तथा दिपेन्द्र चौधरी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा स्वागत संस्थाका निवर्तमान अध्यक्ष पंकज राय अधिकारीले गरेका थिए । दृष्टि विशेषज्ञहरुले आफूले दिने सेवा प्रति समर्पित हुन अग्रसर गर्दै चिकित्सा सेवा अध्ययनशिल सेवा भएकोले सबैले यस क्षेत्रमा भईरहने नयाँ शोधहरुलाई नियमित अध्ययन गर्नुपर्ने र यसले बिरामी सेवामा गुणस्तर बढाउनेको जिकिर अध्यक्ष ठाकुरमो भनाई छ । उनले दृष्टि विशेषज्ञहरुलाई आँखा अस्पतालहरुमा सिप विकासको लागि ३ देखि ६ महिनाका तालिम पनि गराउन अनुरोध गरे ।






























