साक्फाराका महिलालाई नेतृत्व विकास तालिम

0
11

इलाम ।

पालिका स्तरीय महिला समन्वय समिति चुलाचुली इलामको आयोजनामा ३ दिने महिला नेतृत्व तथा क्षमता विकास तालिम चुलाचुली–६ साक्फारामा सम्पन्न भएको छ ।

कार्यक्रममा नेतृत्व तथा क्षमता विकास अन्तरगत उद्घोषण सिप, माइन्युट लेखन, बैठक सन्चालन, महिलाको बर्तमान अवस्था र सुधार गर्नुपर्ने उपाय, नेतृत्व क्षमता, संविधान र देवानी संहितामा महिलाको अधिकार, कानुनी ब्यवस्था, प्रस्ताव लेखन तया प्रतिवेदन लेखन लगायत विषयमा सहजीकरण गरिएको थियो।

तालिमलाई सहजकर्ता विमल दहालले सहजीकरण गर्नु भएको महिला समन्वय समितिका अध्यक्ष भिमा पौड्यालले जानकारी दिनुभयो। तालिम इलाम जिल्लाकै भौगोलिक विकटता र दुर्गम गाउँ साक्फारा दशमी स्थित मिक्लाचोङ माविमा सम्पन्न भएको थियो ।

तालिम कार्यक्रममा प्रमुख अतिथि चुलाचुली गाँउपालिका उपाध्यक्ष दिलु लावतीले सिकेका विषयलाई ब्यवहारमा लागु गर्न सहभागीहरुलाई आग्रह गर्नुभएको थियो। वहाँले तालिमलाई यो स्थान सम्म ल्याई क्षमता विकासका आधारभूत सिप प्रदान गर्नु भएकोमा पालिका स्तरीय महिला समन्वय समितिलाई धन्यवाद दिनुभएको छ ।

विशिष्ट अतिथि चुलाचुली –६ का वडा अध्यक्ष दिलकुमार राईले महिला शसक्तिकरण कार्यक्रमले नेतृत्व क्षमताको विकास गर्दै आफ्नो अधिकार र कर्तव्यको बारेमा जानकारी प्राप्त रहने बताउनुभयो। त्यस्तै अतिथि वडा सदस्य काजीमान राईले तालिमवाट सिकेका कुरालाई समावेशी समाज निर्माणमा प्रयोग गर्न र मानवीय क्षमताको विकास गर्न आबश्यक रहेको जानकारी दिनुभयो ।

समापन कार्यक्रममा सहजकर्ता विमल दहाल, सहभागीहरु निरु राई, संगिता विक, सुनिता राई लगायतले मन्तव्य राख्नुभएको थियो । आयोजक संस्थाका उपाध्यक्ष सन्त कुमारी राईको अध्यक्षता, सहसचिव इश्वरा भट्टराई निरौलाको स्वागत र सचिव कला केरुङको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तालिममा आयोजक समितिका सिता लावती, उमा राई लगायतको सहभागिता रहेको थियो। वडा भित्रका ४५ जना महिलाको सहभागिता रहेको तालिम चुलाचुली गाँउपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको हो।

यसै विच साफ्फाराका महिलाहरुको भेलाले कलिका राईको अध्यक्षतामा ११ सदस्यीय वडा स्तरिय महिला समिति गठन गरेको छ। पालिका स्तरीय महिला समन्वय समितिको संयोजक गठित समितिको उपाध्यक्षमा कल्पना राई, सचिवमा सुनिता राई, सहसचिवमा संगिता विक र कोषाध्यक्षमा निर्मला राई चयन हुनु भएको छ।

त्यस्तै समितिको सदस्यहरुमा निर्मला राई, संगीत राई, मिना कुमारी राई, विमला राई, सोमरानी राई र नन्दकुमारी राई रहनु भएको जनाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here