बिर्तामोडमा छुरा प्रहारबाट एक युवक घाइते, पाँच जना पक्राउ

0
7

झापा ।

झापाको बिर्तामोडमा छुरा प्रहारबाट एक युवक घाइते भएका छन् ।

युवकमाथि छुरा प्रहार गर्ने पाँच जना पक्राउ परेका छन् । बिर्तामोड नगरपालिका–१ स्थित पश्चिम बस पार्कमा सोही ठाउँका २३ वर्षीय सुनिराम मुर्मुमाथि छुरा प्रहार भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताए ।

सुनिराममाथि छुरा प्रहार गर्ने बिर्तामोड–१ का २३ वर्षीय राम टुडु, सोही ठाउँका २९ वर्षीय सुसान मुर्मु, बिर्तामोड–६ का १९ वर्षीया एलिना श्रेष्ठ, अर्जुनधारा– ११ का ३० वर्षीय सरोज सहनी र कनकाई–१ का २३ को मनोज विकलाई पक्राउ गरिएको प्रहरी निरीक्षक गिरीले बताए । उनीहरुबीच मंगलबार राती ८ बजेर २० मिनेटमा झगडा भएको थियो ।

सोही क्रममा छुरा प्रहारबाट सुनिरामको बायाँ हातको कुममा र ढाडको माथिपट्टि गर्दनको भागमा चोट लागेको छ । उनको बिर्तामोडस्थित स्पाइनेक्स अस्पताल उपचार भइरहेको छ । घटनाको बारेमा इलाका प्रहरी कार्यालय अनारमनिले अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here