बिर्तामोड ।
नेपालका ३१ हजार ३ सय ६३ सहकारीमध्ये झापाको सहारा नेपाल साकोस लगातार नेपालको सबैभन्दा ठूलो सहकारी संस्थामा पर्न सफल भएको छ ।
कारोबार र सदस्य सञ्जाल दुवै हिसाबले सहारा नेपाल नेपालकै ठूलो संस्थाको रुपमा स्थापित भएको हो । कूल सम्पत्तिको आधारमा पनि सहारा उत्कृष्ट एकमा छ । सहारामा आबद्ध सदस्यहरुको संख्या १ लाख ६९ हजार १९२ जना रहेको छ । २०८० फागुन मसान्तसम्मको विवरणअनुसार संस्थाको कूल सम्पत्ति १६ अर्ब ६ करोड ४३ लाख रुपैयाँ रहेको छ ।
संस्थाको सेयर पुँजी १ अर्ब ६८ करोड ११ लाख, जगेडा कोष १ अर्ब २४ करोड २ लाख, कूल बचत १२ अर्ब १९ करोड ७४ लाख, लगानी १० अर्ब ८१ करोड ६८ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै, संस्थागत पुँजी १ अर्ब २७ करोड ७६ लाख (७.९५ प्रतिशत) र विभिन्न कोषमा ४५ करोड ४६ लाख रहेको छ । संस्थासँग ३२.१० प्रतिशत तरलता रहेको छ । संस्थाबाट ७० हजार १३७ जनाले कर्जा लिएका छन् ।
संस्थागत अवस्थाको वित्तीय विवरणअनुसार सहाराको बाह्य ऋण शून्य छ । संस्थाले गत भदौ महिनामै बाह्य ऋणलाई शून्यका झारेको संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले बताए । यसअघि साउन महिनाको विवरणअनुसार सहाराको बाह्य ऋण १ दशमलव ६३ प्रतिशत रहेको थियो । संस्थाको २५ करोड ९ लाख ७७ हजार ३२३ रुपैयाँ बाह्य ऋण रहेको थियो ।