ब्राउनसुगरसहित दुई जना पक्राउ

0
7

बिराटनगर।

मोरङको बिराटनगर महानगरपालिका १५ र १७ बाट ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिराटनगर १५ ढाटस्थित भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री बिराटनगर १० का ३९ बर्षीय मेघराज मण्डललाई इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट २६ ग्राम ३७ मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो ।

त्यस्तै बिराटनगर १७ इस्लामपुरबाट ६ ग्राम १ मिलिग्राम ब्राउनसुगर सहित भारत जोगवनीका ३२ बर्षीय मो. इभरामलाई अस्थाई प्रहरी पोष्ट मटेरुवा र लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका दुबै जनाको थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here