जुकेखाडी सामुदायिक वनको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

0
8

अर्जुनधारा ।

झापाको अर्जुनधारा–३स्थित जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले बिहीबारदेखि पदभार सम्हालेका छन् ।

निर्वाचन समितिका संयोजक दिपीन राईको अध्यक्षतामा आयोजित पद हस्तान्तरण एवम् प्रमाण पत्र वितरण कार्यक्रमपश्चात् उनीहरुले पदभार सम्हालेका हुन् ।

समितिका संयोजक राईले पद तथा गोपनीयताको सपथ ग्रहण गराएको कार्यक्रममा उनीहरुलाई निर्वाचित भएको प्रमाण पत्र वितरण गरिएको थियो । त्यसैगरी समूहका निवर्तमान अध्यक्ष झरिन्द्रकुमार खड्काले नवनिर्वाचित अध्यक्ष मोहन श्रेष्ठलाई समूहको बैठक पुस्तिका, विधान, कार्ययोजना आदि हस्तान्तरण गरेका थिए ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले कार्यसमितिकोतर्फबाट प्रतिबद्धता मन्तव्य व्यक्त गरेको कार्यक्रममा वडाध्यक्ष सीताराम भट्टराई, निर्वाचन मध्यस्थता समितिका सदस्यहरु लोकमान श्रेष्ठ, हेमप्रसाद खरेल, नारद दुःखी, लोकनाथ खतिवडा र निवर्तमान अध्यक्ष खड्काले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

समितिका सदस्य हरि वाग्लेले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन अर्का सदस्य जीवकुमार भण्डारी “जीवन”ले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here