नवलले ल्याए ‘तिमी बिना’

0
25

झापा ।

गायक नवल राईले ‘तिमी बिना’ बोलको गित सार्वजनिक गरेका छन् । गायक राईकै शब्द तथा संगितमा रहेको उक्त गितमा संगित संयोजन भने संजय हमालको रहेको छ ।

सो गीतको लिरिकल भिडियो ओसियन म्युजिक नेपालले युटुब च्यानल मार्फत् सार्वजनिक गरेको छ । राईको आश एल्बममा समावेस भएको यो गित पाँचौ गित हो । यसअघि सोही एल्बमको चार वटा गित सार्वजनिक भईसकेका छन् ।

सेन्टिमेन्टल धारको उक्त गितको म्युजिक भिडियो पनि चाडैँ निर्माण गरिने गायक राईले बताउनु भएको छ । आश, सज्जा, भुल्न खोजे, सिन्दुर जस्ता एल्बममा स्वर भरी सकेका गायक राई हाल नेपाल प्रहरीमा कार्यरत छन् । यसै एल्बममा समाबेस अर्को गित पनि चाडैँ सार्वजनिक गर्ने गायक राईले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here