कोल्बुङमा पानी बोक्ने ट्यांकर दुर्घटना हुँदा एकजनाको मृत्यु

0
6

इलाम ।

इलामको कोल्बुङमा पानी बोक्ने ट्यांकर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

रोङ गाउँपालिका–३ स्थित मेची राजमार्गबाट मार्से जाने सडकबाट खसेर मे १ त २४०८ नम्बरको ट्यांकर दुर्घटना भएको हो ।

दुर्घटनामा इलाम नगरपालिका–४ का गणेश लिम्बूका छोरा १७ वर्षे रञ्जित लिम्बूको मृत्यु भएको पशुपतिनगर प्रहरीले जनाएको छ ।

त्यही ट्यांकरमा काम गर्ने लिम्बूको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक विष्णुबहादुर खड्काले बताए ।

ट्यांकर चालक ३६ वर्षका मनोज राई घाइते भएका छन् । उनको झापास्थित अस्पतालमा उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here