भन्सार छलेर भित्राइएको दुई लाख ७० हजारको सामान बरामद

0
5

कांकरभिट्टा ।

झापाको काँकरभिट्टाबाट प्रहरीले भारतबाट अवैध रुपमा भित्राएको दुई लाख ७० हजार २ सय रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिएको छ ।

मेचीनगर नगरपालिका–६ एरिया हुदैं भारत देखि नेपाल तर्फ अवैध रुपमा भन्सार छली लुकाई छिपाई ल्याउँदै गरेको ल्याएका सामानहरू नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाइएको छ ।

प्रहरीले २० हजारको भाडा बर्तन, दुई लाख ३५ हजार दुई सय रुपैयाँको टेन्टको कपडा, झल्लर र १५ हजार बराबरको प्लास्टिकको फुल बरामद गरिएको प्रहरी प्रवक्ता महेन्द्र पराजुलीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here