झापामा ट्याक्टर चोरी गरेर भारत लैजाँदै गर्दा…

0
16

झापा । 

झापाको गौरिगञ्जमा ट्याक्टर चोरी भएको छ ।

ट्याक्टर चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गौरिगञ्ज गाउँपालिका–१ मा स्थानीय होम थपलियाले आफ्नै घर अगाडी पार्किङ गरी राखेको मे १ त ७७६५ नम्बरको ट्याक्टर चोरी भएको थियो ।

चोरी भएको ट्याक्टर खोजतलासमा खटिएको प्रहरी चौकी कुञ्जीवारिको टोलीले गौरादह नगरपालिका–९ का ३५ वर्षीय सुनिल टुडुले भारततर्फ लादै गरेको अवस्थामा ट्याक्टर नियन्त्रणमा लिएको थियो ।

ट्याक्टर चोरी गर्ने टुडुलाई नियन्त्रणमा लिएर घटनाको बारेमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here