झापाको जनसंख्या भन्दा सहकारी संस्थाका सदस्य धेरै

0
6

बिर्तामोड

जिल्लामा सञ्चालनमा रहेका सहकारी संस्थामा झापाको कूल जनसंख्याभन्दा बढी सदस्य रहेको पाइएको छ ।

झापाको कूल जनसंख्या राष्ट्रिय जनगणना २०७८ अनुसार ९ लाख ९४ हजार ९० रहेको छ । तर, सहकारी संस्थामा कूल सदस्य संख्या १० लाख ४७ हजार रहेको जिल्ला सहकारी संघ झापाको तथ्याङ्कले देखाएको छ । झापामा ७ सय ५६ वटा सहकारी संस्था छन् । जसमध्ये स्थानीय तह अन्तर्गत ४ सय २३ र प्रदेश सरकार मातहतमा सञ्चालित ३ सय ३३ वटा सहकारी संस्था रहेको प्रदेश सहकारी संघका सचिव भवानी प्रदान दंगालले जानकारी दिए ।

जिल्लाको कूल जनसंख्या भन्दा सहकारी संस्थाका सदस्य धेरै देखिनुमा सहकारीमा दोहोरो सदस्यता हुनु र झापा जिल्लामा सञ्चालित सहकारीको जिल्ला बाहिर पनि कार्यक्षेत्र रहनु हो प्रदेश सहकारी संघका सचिव दंगालको भनाइ छ ।

झापामा संघीय सरकारको मातहतमा कुनै पनि सहकारी संस्था नरहेको बताउँदै दंगालले भने पछिल्लो समय झापाका केही सहकारी संस्थामा समस्या देखिएको छ, त्यसलाई निराकरण गर्ने जिल्ला सहकारी संघ लागि परेको छ । झापामा रहेका कूल सहकारी संस्थामध्ये ३ दशमलव १७ प्रतिशत सहकारीमा समस्या देखिएको छ दंगालले भने– झापाका २४ वटा सहकारी संस्थामा समस्या देखिएपनि ४ वटा सहकारी संस्थाबिरुद्ध मात्रै उजुरी परेको र छानविन भइरहेको छ ।

झापामा सञ्चालित सहकारी संस्थाहरुमा सदस्यको शेयरपुँजी १० अर्व २२ करोड ७८ लाख ३२ हजार ४ सय ६० रहेको छ भने बचत मात्रै ५२ अर्ब १७ करोड ५४ लाख ३१ हजार ८६ रुपैयाँ रहेको जिल्ला सहकारी संघ झापाका सचिव समेत रहेका दंगालको भनाई छ ।

जिल्लामा सञ्चालित सहकारीहरुमा ६ अर्ब ५ करोड ४५ हजार ७ सय ३० रुपैयाँ बरावरको विभिन्न कोष रहेको उनको भनाइ छ । सहकारी संस्थाको सम्पत्ति तथा दायित्व ८२ अर्ब ७९ करोड ९६ लाख ७७ हजार ७ सय ७२ रुपैयाँ रहेको बताइएको छ ।

नेपालका ७७ जिल्लामा सञ्चालित सहकारी मध्ये झापामा सञ्चालित सहकारीमा आवद्ध सदस्यले बचत भन्दा धेरै ऋण लिएको समेत उनको भनाइ छ । नेपालका अन्य जिल्लामा यस्तो छैन– उनले भने – झापा मात्र एउटा यस्तो जिल्ला हो जहाँ सदस्यको बचत तथा शेयरपुँजी भन्दा धेरै झापालीले सहकारीबाट ऋण लिएका छन् ।

झापामा रहेको सहकारीबाट ६५ अर्ब ५७ करोड ५४ लाख २१ हजार १ सय ४० रुपैयाँ सदस्यले ऋण लिएका छन् प्रदेश सहकारी संघका सचिव दंगालले भने । नेपालमा २९ हजार ८ सय ८६ वटा सहकारी संस्था रहेका छन् । सहकारी विभागको तथ्याङ्कलाई आधार मान्दै दंगालले भने– यि सहकारी संस्थामध्ये पनि २ दशमलव ३१ प्रतिशत मात्रै सहकारी संस्थामा समस्या देखिएको छ । दंगालका अनुसार देशभर रहेका ६ सय ९३ वटा सहकारीमा समस्या देखिएको हो । ति मध्ये २१२ वटा सहकारी संस्थाविरुद्ध मात्रै उजुरी परेको छ ।

झापामा सञ्चालित सहकारी मध्ये सहारा नेपाल, एनएमसी र कर्णाली सहकारी संस्था नेपालका १० उत्कृष्ट सहकारीमध्येमा पर्छन्– दंगालले भने – यो तथ्याङ्क हाम्रो होइन अन्तराष्ट्रिय सहकारी महासंघ(आईसीए) हो । यो संस्थामा ग्लोवल थ्री हन्ड्रेट भनेर प्रत्येक वर्ष विश्वका ३ सय सहकारी संस्थाको सूची प्रकाशन गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here