बिदेश जाने कामदारबाट २ अर्बको बीमा शुल्क असुली

0
6

झापा ।

वैदेशिक रोजगारमा गएका कामदारबाट जीवन बीमा कम्पनीहरुले आठ महिनामा करिब २ अर्ब रुपैयाँ बराबरको बिमा गरेका छन् ।

बीमा कम्पनीहरुले चालूआर्थिक बर्षको ८ महिनामा वैदेशिक रोजगार बीमा लेखबाट १ अर्ब ९९ करोड ९६ लाख रुपैयाँ बीमा व्यापार गरेका छन् नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको फागुनसम्मको विवरण अनुसार १० वटा जीवन बीमा कम्पनीले सो बीमा शुल्क असुली गरेका छन् ।

वैदेशिक रोजगार बीमालेखबाट सबैभन्दा बढी सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यापार गरेको छ । उक्त कम्पनीले वैदेशिक रोजगार बीमालेखबाट पछिल्लो ८ महिनाको अवधिमा ४९ करोड ८१ लाख रुपैयाँ बीमा शुल्क असुली गरेको छ ।

नेपाल लाइफले ४३ करोड ५३ लाख, आइएमई लाइफले २२ करोड ६४ लाख, एशियन लाइफले १८ करोड ८५ लाख रुपैयाँ, नेशनल लाइफले १७ करोड ५१ लाख, सूर्यज्योति लाइफले १४ करोड २४ लाख, सानिमा रिलायन्स लाइफले १३ करोड ८८ लाख, रिलायबल नेपाल लाइफले ११ करोड ८४ लाख, सिटिजन लाइफले ७ करोड ४४ लाख, प्रभु महालक्ष्मी लाइफले १६ लाख ६३ हजार रुपैयाँ कूल बीमा शुल्क असुली गरेका छन् ।

वैदेशिक रोजगारीमा साउदी अरेबिया, कतार र यूएईसहित खाडीका देश र मलेशिया जाने कामदारहरूले म्यादी बीमावापत १ हजार ५ सयदेखि ४ हजारसम्मको र कोरिया र इजरायल जाने कामदारले २ हजार ५ सयको बीमा गर्नुपर्ने व्यवस्था छ । बीमा कम्पनीहरूले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति २ वर्षको जारी भएपनि खाडी मुलुक र मलेशिया जाने कामदारको श्रम स्वीकृति ३ बर्षभन्दा बढी अवधिको म्यादी बीमा गराउँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here