भेडेटारमा र्दुघटना न्यूनिकरण गर्न होडिङ बोर्ड राख्ने अभियान

0
22

धनकुटा ।

अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै माघ महिनाको पुलिस अफ द मन्थबाट पुरस्कृत भइसकेका इलाका प्रहरी कार्यालय भेडेटारका प्रहरी प्रमुख जीवन कार्कीले दुर्घटना न्यूनिकरणसंगै सामाजिक सचेतना सम्बन्धि कामहरु गरिरहेका छन् ।

सवारीसाधन दुर्घटना न्यूनिकरणका लागि धनकुटामा ट्राफिक नियम सम्बन्धी चेतनामूलक होडिङ बोर्ड राख्ने अभियान नै सञ्चालन भइरहेको उनको भनाई छ । इलाका प्रहरी कार्यालय भेडेटारले होडिङ बोर्ड अभियान संचालन गरेको र उक्त अभियानमा स्थानीय तह, विभिन्न संघ–संस्था, ब्यवसायी तथा आाम नागरिकको साथ सहयोग रहेको प्रहरी नायव निरीक्षक कार्कीले जानकारी दिए ।

‘बोर्डमा ट्राफिक चिन्हका साथै सवारी नियम सम्बन्धी बिभिन्न जनचेतनामूलक सन्देशहरु लेखेर यात्रु तथा चालकहरुलाई सचेत गराइएको बताइएको छ । भेडेटार पर्यटकीय क्षेत्र भएका कारण पनि भिडभाड हुने गर्छ । दुर्घटना न्यूनिकरणका लागि सडक प्रयोगकर्ताहरु आफै सचेत हुनुपर्ने र चालकले समेत सडकको अवस्था तथा दुर्घटनाको विषयमा सचेतना अप्नाउनुपर्ने कार्कीको भनाई छ ।

‘दुर्घटना न्यूनिकरण अभियानलाई तिब्रता दिंदै कार्कीले यसलाई सफल बनाउन सवारी चालकसँगै यात्रुहरु पनि आफै सचेत बन्नु पर्ने उल्लेख गरे । पछिल्लो समय जिल्लामा सवारी दुर्घटना बढेको भन्दै त्यसको न्यूनिकरणका लागि उक्त अभियान संचालन गरिएको बताइएको छ ।

सांगुरीगढी गांपालिका भेडेटारको १० वडा मध्ये प्रहरी कार्कीको सक्रियतामा उनको क्षेत्रमा पर्ने पाँच वटा वडामा प्रहरीले सचेतना बोर्ड राखेका छन् । अन्य क्षेत्रमा पनि सचेतना मुलक कार्यक्रमहरुलाई सञ्चालन गर्ने बताइएको छ ।

नागरिकका कुरा सुन्दै प्रहरी नायव निरीक्षक कार्की ।

कार्कीले ट्राफिक सचेतनासंगै शान्ति, सुरक्षा, प्रहरी काम, कर्तव्य तथा नागरिकको गुनासो समेत सुन्न थालेका छन् । उनले स्थानीयसंग आफुहरु प्रति केही गुनासो भए भन्न आग्रह गर्दै नागरिकको सुख–दुःख बुझने गरेका छन् । प्रहरी मेरो साथी भन्ने स्लोगनसहित उनले नागरिकका हरेक समस्यालाई समाधान गर्नका लागि आफुहरु लाग्ने बताए ।

उनले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापामा रहेका समयमा समेत विभिन्न सचेतना मुलक कार्यक्रमहरु सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here