चोरीमा संलग्न भद्रपुरका विश्वकर्मा पक्राउ

0
45

झापा । बाह्रदशी गाउँपालिकाबाट प्रहरीले चोरीमा सम्लग्न भएको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । शृंखलाबद्ध चोरीमा संलग्न भएको आरोपमा भद्रपुर ७ का एक युवकलाई इलाका प्रहरी कार्यालय राजगढले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भद्रपुर ७ का २६ वर्षीय मुकेश विश्वकर्मा रहेका छन् । विहीवार राति १२ बजेतिर बाह्रदशी २ जनता चौकमा चोरी गर्दागर्दै उनी पक्राउ परेका हुन् ।
केशलाल राजवंशीको घरमा डेरा गरी बस्ने उमाशंकर गिरीको घरमा मोबाइल चोरी गरिरहेको अबस्थामा विश्वकर्मा पक्राउ परेको इलाका प्रहरी कार्यालय राजगढका सई राजेन्द्र शर्माले बताए ।
उनको साथबाट चोरी गरेको दुई थान मोबाइल र ९ थान गरगहना फेला परेको सई शर्माले जानकारी दिए ।
गएराति नै बाह्रदशी २ का गोबिन्द अधिकारीको घर फोरेर चोरी गर्ने प्रयास भएको थियो । केही दिनअघि बाह्रदशी २ रिमाल चोकबाट ६ थान मोबाइल र १ थान सुपर स्प्लेन्डर मोटरसाइकल चोरी भएको थियो ।
ती सामान पनि आफूले नै चोरी गरेको कुरा विश्वकर्माले स्वीकारेको बाह्रदशी गाउँपालिकाकी कार्यपालिका सदस्य लक्ष्मी निरौला अधिकारीले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here