हल्दीबारी गाउँपालिकामा ८ महिनामा ४० जनाले गरे सम्बन्ध विच्छेद

0
5

झापा । हल्दीबारी गाउँपालिकामा चालू आर्थिक वर्षको चैत २३ गते सम्म ४० जनाले सम्बन्ध विच्छेद गरेका छन् । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्रका अनुसार अघिल्लो आर्थिक वर्ष २०७९र०८० को तुलनामा यस आर्थिक वर्षमा सम्बन्ध विच्छेद गर्नेको सङ्ख्या बढेको हो ।

उनका अनुसार झापा जिल्ला अदालतबाट सम्बन्ध विच्छेद गरी विभिन्न वडाबाट सम्बन्ध विच्छेदको प्रमाणपत्र लिनेको सङ्ख्या ४० पुगेको हो । जस अनुसार वडा १ मा १८, वडा २ मा १०, वडा ३ मा ६, वडा ४ मा ३ र वडा ५ मा ३ जना रहेका छन् । विवाह दर्तातर्फ वडा १ मा ६३, वडा २ मा ५६, वडा ३ मा ३३, वडा ४ मा ४२ र वडा ५ मा ३५ गरी २२९ जनाले विवाह दर्ता गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here