किराया अर्जुनधाराको २८ औं साधारण सभामा विविध कार्यक्रम

0
7

अर्जुनधारा ।

किरात राई यायोक्खा अर्जुनधारा नगर समितिको २८औं साधारण सभा आइतबार विविध कार्यक्रम गरि सम्पन्न भएको छ ।

अर्जुनधारा–९ स्थित संस्थाको सभाहलमा समितिका अध्यक्ष विजय साम्पाङ राईको अध्यक्षतामा आयोजित उक्त सभाको प्रमुख अतिथि किराया झापाकी सहसचिव चीजा राईले उद्घाटन गरेकी थिइन् ।

कार्यक्रममा अध्यक्ष विजय साम्पाङ राईले संस्थाको वार्षिक प्रगति प्रतिवेदन, सचिव सिंहबहादुर चाम्लिङ राईले संस्था अन्र्तगत रहेको सांस्कृतिक विभाग, संस्थाले हाल निर्माण गरिरहेको भवनसहित संस्थाको आय–व्यय विवरण र किरात राई कल्याणकारी बचत कोषको आर्थिक प्रतिवेदन कोषकी कोषाध्यक्ष भूपा थुलुङ राईले प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रतिवेदनमा संस्थाको आय–व्यय विवरणतर्फ सात लाख सात हजार पाँच सय ९० रुपैयाँ, भवन निर्माणतर्फ जिन्सीबाहेक चार लाख ६७ हजार रुपैयाँ, सांस्कृतिक विभागतर्फ ६२ हजार चार सय ९८ रुपैयाँ र किरात राई कल्याणकारी बचत कोषतर्फ २१ लाख ५९ हजार पाँच सय तीन रुपैयाँ बराबरको आर्थिक कारोबार भएको उल्लेख गरिएको छ ।

सोही कार्यक्रममा संस्थाको हाल निर्माण भइरहेको भवनको लागि अर्जुनधारा–९ निवासी ड्रकसिंह वान्तवा राईबाट एक लाख छ हजार रुपैयाँ, अर्जुनधारा–९ निवासी ललिता वान्तवा राईबाट ६६ हजार तीन सय रुपैयाँ, अर्जुनधारा–४ निवासी मीना राईबाट ११ हजार एक सय १५ रुपैयाँ र अर्जुनधारा–७ निवासी डम्बरसिंह वान्तवा राईबाट १० हजार पाँच सय रुपैयाँ नगद सहयोग प्राप्त भएको सचिव सिंहबहादुर चाम्लिङ राईले जानकारी दिए ।

त्यसैगरी भवन निर्माणमा सहयोग पु¥याउने ११ जना दातालाई कार्यक्रममा सम्मान पत्रसहित सम्मानित गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा अर्जुन साम्पाङ राई, इन्द्रबहादुर चाम्लिङ राई, कृतिमान साम्पाङ राई, डम्बरसिंह वान्तवा राई, ड्रकसिंह वान्तवा राई, मानबहादुर राई, मीना राई, ललिता वान्तवा राई, लीला पुमा राई, सिद्धिमान राई र हिमालध्वज साम्पाङ राई रहेका छन् ।

कार्यक्रममा अर्जुनधारा नगर कार्यपालिका सदस्य नरेन्द्र कोयु राई, नेपाल आदिवासी जनजाती महासंघ अर्जुनधाराका कार्यवाहक अध्यक्ष सिर्जलाल चौधरी, संस्थाका सल्लाहकारद्वय कुसुम थुलुङ राई र भोजबहादुर वान्तवा राईलगायतले शुभकामना मन्तव्य राखेका थिए । समितिकी उपाध्यक्ष भूपा थुलुङ राईले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव सिंहबहादुर चाम्लिङ राईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here