कमल नगर अस्पतालमा सेवा विस्तार सँगै सेवाग्राहीको संख्या बढ्यो

0
6

उमानाथ भण्डारी,
कमल ।

झापाको कमल गाउँपालिका २ स्थित कमल नगर अस्पतालमा सेवा विस्तार भएसँगै सेवाग्राहीको सङ्ख्या बढेको छ ।

तत्कालिन तोपगाछी स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी कमलनगर अस्पताल बाट सेवा सञ्चालन गरेको तेह्र महिना पुग्नै लाग्दा सेवाग्राहीको सङ्ख्यामा ह्वात्तै वृद्धि भएको अस्पतालले जनाएको छ ।

स्वास्थ्य चौकी हँुदा दैनिक १०, १५ जना सेवाग्राही आउनुहुन्थ्यो हामी दिनभरी फुर्सदमा हुन्थ्यौ तर अहिले सेवाग्राहीलाई सावादिन भ्याईनभ्याई हुने अस्पतालकी ल्याब असिस्टेन्ट गीता न्यौपाने बताईन् ।
अस्पतालमा सेवाग्राहीको सङ्ख्यामा वृद्धि भए सँगै अस्पतालले थप सेवा विस्तारका साथै अस्पतालमा ओपिडीको समय समेत विस्तार गर्नु पर्ने सेवाग्राही बताउँछन् ।

अस्पतालले बिहान १० बजे देखी ५ बजे सम्म मात्र सेवा प्रवाह गरिरहेको छ । यो समयमा नियमित औषधी सेवान गर्ने कर्मचारीलाई समस्या भएकोले अस्पतालको सेवालाई गिरफ्तारगरी चौबिसे सै घण्टा सेवा सञ्चालनमा ल्याउनु पर्ने सेवाग्राही खिबलाल कुइँकेल बताउँछन् ।

अस्पतालले स्वास्थ्य बिमाका साथै एमबिबिएस डाक्टर सहितको सेवा प्रवाह गरिरहेको छ । सेवालाई थप गुणस्तर बनाउनका लागी ल्याब , एक्रे सहितको सेवा सञ्चालनमा छ भने अबको केही महिना भित्रै भिडियो एक्रे समेत सञ्चालनमा आउने छ । त्यस्तै कुकुरको टोकाई बाट अस्पतालका जनस्वास्थ्य निरीक्षक दीपक प्रसाद दाहालले बताए ।

सेवाग्राहीलाई गुणस्तर सेवा प्रवाह गर्न अस्पताल व्यवस्थापन समिति लागिपरे पनि सेवाग्राहीको सङ्ख्यामा वृद्धि भएकोले थप भौतिक संरचनामा निर्माणमा समिति लागिपरेको छ । अस्पताल बाट बिमा सुविधाका साथै सम्पूर्ण सेवा प्रदान भै रहेको छ भने विरामको माग अनुसार २४ सै घण्टा सेवा सञ्चालन गर्ने विषयमा समेत अस्पताल प्रशासन बिच छलफल भैरहेकोले अब केही महिना भित्र नै थप सुविधा सहितको सेवा प्रवाह गर्ने तयारीमा अस्पताल लागी परेको कमल नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डां फुलक चन्द्र लावतीले बताए ।

अस्पताल आउने सेवाग्राहीको सङ्ख्यामा वृद्धीहुनु भनेको अस्पताल प्रति नागरिकको विश्वास बड्नु हो । अस्पताल प्रशासनले यसलाई ध्यानमा राखेर अस्पताल बाट प्रदान गरिने सेवालाई चुस्त दुरस्त र पारदर्शी बनाउँदै सेवाग्राहीहरूलाई छिटो छरितो र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सके मात्र अस्पताल प्रति आम नागरिक विश्वास बढ्ने छ ।

अस्पतालमा देखिएका तमाम समस्यालाई प्राथमिकताको आधारमा न्यूनिकरण गर्दै समय अनुकुल त्यसलाई व्यवस्थापन गर्ने तर्फ जनप्रतिनिधि लगायत सम्पूर्ण सरोकारवालाले समेत अस्पताल सञ्चालनमा अपनत्तोपन लिएर अगाडि बड्न आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here