सिद्ध सरस्वती आविमा अक्षयकोष स्थापना

0
7

पाचँथर।

फागुनन्द गाउँपालिका–५ नाङ्देरास्थित सिद्ध सरस्वती आधारभूत विद्यालयमा स्व. टंकप्रसाद गर्तौलाको स्मृतिमा दुई लाख एक हजार रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ ।

उनका छोराहरु समाजसेवी दुर्गा प्रसाद, केशवराज र राजन गर्तौलाद्वारा एक कार्यक्रमका बीच विद्यालयलाई रकम हस्तान्तरण गरेको विद्यालयका शिक्षक नवीन आचार्यले जानकारी दिए ।

२०१३ सालमा स्थापना भएको वडाको सबैभन्दा जेठो विद्यालयको शैक्षिक उन्नतीमा सहयोग पु¥याउने उद्देश्यले यस स्कूलमा लामो समय शिक्षण पेश पश्चात अवकाश भइ विगत दुई वर्षअघि निधन भएका स्व. गर्तौलाको नाममा अक्षयकोष स्थापना गरिएको परिवारले जनाएको छ ।

अक्षयकोषसँगै साना सहयोग समूह नेपालका अध्यक्ष समेत रहेका जेठा छोरा दुर्गा र भाई केशवराजले विद्यालयका २० जना बालवालिकालाई स्कूल पोशाक, ब्याग वितरण तथा अन्य शैक्षिक सामग्री प्रदान गरिएको प्रधानध्यापक भीमकुमारी सम्बाहाम्फेले बताइन् ।

दमकमा २०७४ सालमा स्थापना भएको यस संस्थाले ग्रामीण भेगमा रहेका साना कक्षाका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्दै आएको छ । हालसम्म ४८ वटा विद्यालयमा सामाग्री वितरण गरेको अध्यक्ष गर्तौलाले बताए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष टेकबहादुर चेम्जोङ अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि ५ नम्बर वडाध्यक्ष बिष्णुकुमार चेम्जोङको उपस्थिति रहेको थियो ।

जनकल्याण मावि कोल्बुङका प्रधानाध्यापक पूर्णकुमार सदेम्बा, स्थानीय बलीराज नेम्बाङ, पूर्व शिक्षक डिगम्वीर नेम्वाङ साथै वद्यालयका पूर्व प्रधानध्यापक कविन्द्र नेम्बाङले अक्षयकोष दाता परिवारलाई धन्यवाद दिए ।

कक्षा १–५ सम्म पठनपाठन हुने यस विद्यालयमा ४ र ५ कक्षाका विद्यार्थी नभएकाले हाल १–३ मात्रै सञ्चालनमा आएको छ । दुई जना स्थायी शिक्षक, एक भाषा शिक्षक र एक जना बालविकासको शिक्षक गरी जम्मा चार जना रहेको विद्यालयमा विद्यार्थीलाई निरन्तर विद्यालय आने वातावरण बनाइदिन अभिभावक समक्ष अतिथिहरुले आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here