झापा गापाको सात हजार हेक्टर जमिनमा मकै खेती

0
9

झापा ।

झापा गाउँपालिकामा किसानहरुले करिब सात हजार हेक्टर जमिनमा मकै खेती गरेको गाउँ कृषि शाखाले जनाएको छ ।

गाउँपालिका उपाध्यक्ष एवम् कार्यवाहक अध्यक्ष अञ्जु थपलियाका अनुसार किसानको खुशीको लागि गाउँपालिकाले मल, बीऊ, विषादी लगायतका सामग्रीहरु उपलब्ध गराउँदै आत्मनिर्भर बनाउन लागीपरेको छ । मकै, धान र तरकारी खेती गर्ने किसानलाई पालिकाले छ सय पाँच सिँचाइको लागि विद्युत महशुल तिरी दिँदै आएको छ ।

झापा गाउँपालिकालाई प्रधानमन्त्री कृषि परियोजना मार्फत मकै पकेट जोन क्षेत्र घोषणा गरी किसानको खुशीको लागि उनीहरुलाई चाहिने आवश्यक मल, बीऊ र औजारमा गाउँपालिकाले अनुदान प्रदान गर्दै आएको कार्यवाहक अध्यक्ष थपलियाले जानकारी दिए ।

कृषि शाखाका अनुसार गाउँपालिकाले मकै पकेट जोन क्षेत्र घोषणा गरेपछि मकै रोप्ने मेसिन, मकै छोडाउने मेसिन, स्प्रे ट्याङ्की, मकै सुकाउने झुल र सिँचाइको लागि मोटर अनुदान सहयोगमा उपलब्ध गराउँदै आएको छ ।

पालिकाले सहयोग गरे सँगै झापा गाउँपालिकाभित्र बाझो जमिन देखिन छोडेको र किसानहरु उत्साहित हँुदै आत्मनिर्भर बन्दै गएको कृषि शाखा नायव प्राविधिक सहायक रीता बर्देवाले जानकारी दिइन् । उनका अनुसार यस बर्ष मात्र झापा गाउँपालिकाभित्र लगाइएको मकै क्षति नियन्त्रणको लागि शिविर सञ्चालन गरेको छ ।

पालिकाभित्र आबद्ध ९२ वटा कृषि समूहलाई आवश्यक तालिम र अनुदानको व्यवस्था मिलाइएको समेत बर्देवाले जानकारी दिइन् । शाखाको अनुसार हजारौं विगाहमा लगाइएको मकै लाखौं मन उत्पादन हुन सक्ने बुझिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here