विन्ध्यावासिनी सिंहदेवी मन्दिरमा गरुड महापुराण शुरु

0
6

अर्जुनधारा ।

झापाको अर्जुनधारा–४ भाङबारीस्थित विन्ध्यावासिनी सिंहदेवी मन्दिरमा सातौं धार्मिक अनुषठान अन्र्तगत मंगलबारदेखि गरुड महापुराण नवाह ज्ञान महायज्ञ शुरु भएको छ ।

रामनवमीको अवसरमा आयोजना गरिएको उक्त महापुराणको उद्देश्य मन्दिर क्षेत्रको वृहत विकाससँगै मन्दिर परिसरमा राधाकृष्ण मन्दिरको निर्माण, मन्दिर क्षेत्रलाई आवश्यक भूमिदानको निरन्तरता, मन्दिरमा स्थापना गरिएको अक्षयकोषको निरन्तरतालगायतका कार्यहरु सम्पन्न गर्नु रहेको बताइएको छ ।

मन्दिरको सभाहलमा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मनोज जोशीको अध्यक्षतामा आयोजित उक्त महापुराणको प्रमुख अतिथि अर्जुनधारा जलेश्वर धामका मूलअर्चक अग्निप्रसाद सिग्देलले उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रममा भद्रपुर निवासी मुरारी र नीता खरेलबाट प्राप्त एक लाख एक हजार एक सय ११ रुपैयाँ बराबरको चेकबाट गल्लाको र स्थानीय तेजबहादुर खड्काबाट धान्याञ्चलको उद्घाटन भएको थियो ।

सोही कार्यक्रमको अवसरमा पतञ्जली योग समिति अर्जुनधाराको सहआयोजना र अर्जुनधारा–४ नं. वडा कार्यालयको व्यवस्थापनमा भोलिदेखि आगामी वैशाख ४ गतेसम्म योग शिविर सञ्चालन हुने समितिका सचिव एकदेव खनालले जानकारी दिए । विहान ४ः३० देखि ६ बजेसम्म सञ्चालन हुने योगका प्रशिक्षकहरु पतञ्जली योग समिति झापाका अध्यक्ष देवी घिमिरे, समिति अर्जुनधाराका अध्यक्ष दधिराम मिश्रलगायत रहेका छन् ।

त्यसैगरी कार्यक्रममा महापुराणको कलश यात्रामा सहभागी इलाम–झापा मैत्री समाज नौमती समूहलाई अध्यक्ष जोशीबाट पोशाकको लागि नगद पाँच हजार रुपैयाँ हस्तान्तरण गरिएको थियो ।

अध्यक्ष जोशीले मन्दिरको वर्तमान अवस्था र भावी योजना बारे प्रकाश पारेको कार्यक्रममा वडाध्यक्ष अमरबहादुर कटुवाल, पतञ्जली योग समिति अर्जुनधाराका अध्यक्ष मिश्र, दनुवार जागरण समाज झापाका सदस्य यमन दनुवार, गौतम नगर समाज अर्जुनधाराका वरिष्ठ उपाध्यक्ष भागवत गौतम, सामाजिक व्यक्तित्व लक्ष्मी न्यौपानेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

समितिका वरिष्ठ उपाध्यक्ष प्रेम कार्कीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव खनालले गरेका थिए । आगामी वैशाख ५ गते रामनवमीका दिन सम्पन्न हुने महापुराणका प्रमुख वाचक बालकृष्ण अर्याल र उपवाचक कृष्ण चापागाईं रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here