पथरी शनिश्चरेमा नेपाल राष्ट्रिय शिक्षक संगठन, मोरङको ४५ औं शिक्षक दिवस सम्पन्न

0
7

पथरीशनिश्चरे,

नेपाल राष्ट्रिय शिक्षक संगठन, मोरङले आफ्नो ४५ औं शिक्षक दिवस भव्यताका साथ् मनाएको छ। बिहीबार मोरङको पथरी शनिश्चरे ०२को हरियाली सामुदायिक वन उपभोक्ता समुहको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कोशी प्रदेश ईन्चार्ज धर्मानन्द खरेल र मोरङ जिल्ला शिक्षक संगठनका अध्यक्ष प्रेम प्रसाद भट्टराईले पानसमा दीप बालेर संयुक्त रूपमा उद्घाटन गर्नु भएको थियो।

सो कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनकी केन्द्रीय सदस्य रिता दहाल पाठकले आ – आफ्ना पालिकाहरूमा र विद्यालयहरूमा उठेका तमाम माग र मुद्दाहरूलाई लिएर सम्बन्धित ठाउँमा पुर्याउन सल्लाह सुझाव दिनुहुनेछ भन्नुभयो । सोहि क्रममा पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोले कठीन परिस्थितिबाट थुप्रै आरोह अवरोह पार गर्दै आएको यो शिक्षक संगठनले सिंगो मुलुकको रूपान्तरणमा अहम् भूमिका खेलेको भन्दै प्रशंसा गर्नुभएको थियो।

सोहि कार्यक्रममा पथरीशनिश्चरे ०१ मा रहेको श्री पञ्चायत माविको शैक्षिक, भौतिक तथा व्यवस्थापन उन्नयनका लागि सो विद्यालयका प्राचार्य अर्जुन कुमार बुढाथोकीलाई दोसल्ला ओढाएर ओम गायत्री कुशुम पुरस्कारबाट सम्मानित गरिएको थियो। उहाँलाई नगद सहित सम्मान पत्र प्रदान गरिएको थियो।

उक्त अवसरमा कोशी प्रदेश सांसद्हरू मालती सुब्बा र विद्या चाम्लिङ, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कोशी प्रदेशका उपमहासचिव हरिप्रसाद धिमालले शुभकामना मन्तव्य राख्नुभएको थियो भने नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मोरङका पूर्व अध्यक्षत्रय तारानाथ भट्टराई, पितकुमार श्रेष्ठ र दिनेश कुमार श्रेष्ठ , लगायतको उपस्थिति रहेको थियो। २८ जना शिक्षक – शिक्षिकाहरूलाई कदर पत्र प्रदान गरिएको सो कार्यक्रममा १ सय बढि सेवानिवृत्त भएका शिक्षकहरूलाई दोसल्ला ओढाई सम्मान पत्र प्रदान गरिएको थियो।

५० बढि शिक्षकहरूले रक्तदान गरेको सो कार्यक्रममा आजीवन सदस्यता पत्र पनि वितरण गरिएको थियो। सोहि अवसरमा शिक्षक शिक्षिकाहरूले विभिन्न सुन्दर सांस्कृतिक नृत्यहरू प्रस्तुत गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here