भद्रपुरका सहकारीलाई क्षमता विकास तथा लेखा व्यवस्थापन सम्बन्धी तालिम

0
6

भद्रपुर ।

सहकारीमा बढ्दो अनियमितता र ठगीका कारण बचतकर्ताहरुको ठूलो रकम जोखिममा परिरहेको बेला भद्रपुर नगरपालिकाले सहकारी संस्थाहरूको क्षमता विकास तथा लेखा व्यवस्थापन सम्बन्धी तालिम दिइएको छ ।

नगरको सहकारी विकास शाखाले नगर तथा प्रदेश मातहतको नियमन क्षेत्रभित्र रहेका २६ वटा सहकारी संस्थाका ५० जना व्यवस्थापक र कर्मचारी चारदिने तालिम दिइएको हो ।

चैत २७ गतेबाट सुरु भएको तालिमको क्रममा सहकारी संस्थाको अडिट रिपोर्ट बनाउने अडिटरका कारण सहकारीहरु बढी जोखिममा रहेको निष्कृश निकालिएको छ । आउँदो दिन अडिट रिपोर्ट बनाउँदा त्यसमा ध्यान दिएमात्र सहकारीमा हुने गरेको कारोबारको जोखिममा कमि आउने बताइएको छ ।

सहकारी विकास शाखाका प्रमुख नेत्रप्रसाद पोखरेल, सूचना प्रविधि शाखा प्रमुख कृष्णप्रसाद भट्टराई, नेफ्स्कूनका महासचिव घनश्याम अधिकारीले सहजीकरण गरेका थिए । उनीहरुले सहभागिहरुलाई सहकारीमा बढ्दो जोखिम, त्यसको न्युनिकरणका उपाय, लेखा व्यवस्थापन, ऐन तथा कानुनका बारेमा जानकारी गराएका थिए ।

भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य तथा आर्थिक विकास संयोजक प्रशंसा ठटालको अध्यक्षतामा भएको समापन कार्यक्रम सहभागिहरुको तर्फबाट महेश पुलामी मगर र गीता कार्कीले तालिमबाट लिएका अनुभव शेयर गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here