पाथीभरामा भण्डरा हुने

0
59

गणेश अर्याल, इलाम।

इलामको पाथीभरा मन्दिरमा झापाका ब्यवसायीहरूबाट भण्डरा हुने भएको छ

रामनवमी अथवा चैते दशैको सन्दर्भ पारेर झापाका ब्यपारीहरुको समुह पाथीभरा भण्डरा समिति बिर्तामोडले प्रसाद बितरण कार्यक्रम आयोजना गर्न लागेको हो । यो १८ औ पटकको भण्डारा हो ।

हरेक बर्ष असोज शुक्ल पक्ष र चैत्र शुक्ल पक्ष मा यो भण्डरा आयोजना हुदै आएको भण्डरा यस बर्ष यही बैसाख ३ गते सोमबार सप्तमी तिथि पारेर मन्दिर परिसरमा भण्डरा लगाउने आयोजक समितिका सदस्य सन्तोष अग्रवालले बताउनुभयो । ब्यपारी समुहले आम्दानीको केही हिस्सा संकलन गरेर सामाजिक क्षेत्रमा लगाउने गरेको छ ।

बिगत ८ बर्ष अघि बाट लगातार सञ्चालन हुदै आएको यो कार्यक्रम कोरनाको कारण कोरनाकालमा भने सामान्य रुपमा प्रसाद मात्र बितरण गरेर आयोजना गरिएको सदस्य अग्रवालले बताउनुभयो । आयोजकले यस अघि पाथीभरा मन्दिर भएको अग्लो डाँडामा स्वस्थ्य खानेपानीको ब्यवस्था मिलाएको जनाइएको छ ।

यसलाइ निरन्तरता दिने आयोजक समितिका सदस्य अग्रवालले बताउनुभएको छ । पाथीभरा मन्दिरमा पानी पुर्याउने कार्यको सिलसिलामा झापाका उद्यागी ब्यपारीहरुले सहयोग गरेका थिए ।

कुटिडाँडा स्थीत मार्से खोला मुहान बाट बिद्युतीय मोटरको सहायतामा मन्दिर क्षेत्रमा पानी पुर्याइएको थियो । त्यस क्रममा पाथीभरा भण्डरा समुहले सहयोग गरेको पाथीभरा समितिका सचिब एगा अर्यालले बताउनुभयो ।

मन्दिर परिसरमा भण्डरा आयोजक समितिको सहयोगमा निर्माण तथा मर्मत सम्हारको काम भइरहेको छ । यसैबीच मन्दिर परिसरको केहि क्षेत्रमा थप टायल लगाउने तथा रङरोगनमा थप सहयोग गर्ने भण्डरा समितिका सदस्य अग्रवालले जानकारी गराउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here