विमल दहाल, चितवन ।

महिलाहरुले हेयर कटिङ, त्यो पनि निशुल्क सेवा भन्दा तपाई आश्चर्य पर्नु हुन्छ होला । आश्चर्य नपर्नु होला, यो हाम्रै शहर चितवनको पारस बस पार्कमा दिईदै आएको सेवा हो । महिलाहरु पनि स्वरोजगारमा केहि गर्न सक्षम छन भन्ने उद्धेश्यका साथ “आफन्त नेपाल” संस्था मार्फत सिमना पुर्याई उद्धार गरिएका चेलीहरुवाट यो सेवा दिईदै आईएको छ ।
मानब बेचबिखन विरुद्ध कृयाशिल सस्था आफन्त नेपालले सिमा क्षेत्रमा अनुगमन गरि जोखिममा पर्न सक्ने महिला तथा किशोरी हरुलाई सुचना प्रबाह गरि सचेत गराउने र जोखिममा रहेका महिला तथा किशोरीहरुलाई उद्धार गरि पुनर्स्थापना गर्ने लगाएतका बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
यसै सन्दर्भमा सस्थाले सिमावाट उद्धार गरि चितवन राखिएका युवतीलाई हेयर कटिङ्ग तालिम सहित उनीहरु मार्फत सर्वसाधारणलाई नि:शुल्क हेयर कटिङ्ग सेवा प्रदान गर्दै रहेको आफन्त नेपाल चितवनकी कार्यक्रम संयोजक करुणा त्रिखत्रीले जानकारी दिनुभयो ।
वहाँका अनुसार प्रत्येक हप्ताको विहिवार र शुक्रवार चितवन पारश बसपार्क भित्र महिला र पुरुषलाई नि:शुल्क सबै प्रकारको हेयर कटिङ्ग लगायतका सेवा प्रदान गर्दै रहेको बताउनुभयो । झापा धुलावारी घर भएकी संयोजक त्रिखत्री विगत दश बर्ष देखी चेलीवेटी उद्धार र पुनरस्थापना चितवनमा सकृय रहनु भएको छ ।
आफन्त नेपालकै कारण समुदायमा धेरै चेलीवेटीहरु बोल्न सक्ने र हिंसा विरुद्ध आवाज निकाल्न सक्ने भएको वताईएको छ । जोखिममा रहेका र परेका महिला तथा किशोरीहरुको जीवन तालिमले आत्मानिर्भर र स्वदेशमै केही गर्न सकिने सकरात्मक सोच विकास भएको उद्धार गरि सेवा दिदै आउनु भएकी एक सहभागीले बताउनुभयो । नि:शुल्कहेयर कटिङ सेवा एकै स्थानमा एक दर्जन भन्दा बढी चेलिवेटी सहभागी भई दिईने गरिएकोछ ।
आफन्त नेपालको मुख्य कार्यालय ललितपुर र अन्य कार्यालय झापा काकरभिट्टा, चितवन, कपिलबस्तु लगायतका स्थानमा रहेका छन ।































