पेस्तोलसहित लुटपाटमा संलग्न एक जना पक्राउ

0
5

भोजपुर।

भोजपुरको षडानन्द नगरपालिका–९ बाट पेस्तोलसहित लुटपाटमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गत आइतबार सोहि स्थानमा रहेको जंगलमा षडानन्द नगरपालिका– २ की ८५ बर्षीया पासाङ ल्हामु शेर्पालाई पेस्तोल देखाई सुनको गरगहना तथा नगद लुटपाट गरी एक जना मानिस फरार भएको भन्ने खबर प्राप्त भएसगै इलाका प्रहरी कार्यालय दिङला र इलाका प्रहरी कार्यालय सापाङबाट खटिएको प्रहरी टोलीले सोही जंगलमा टेम्के मैयुङ गाउँपालिका–१ का ३७ बर्षीय सुमित भन्ने सुमन परियारलाई शंकास्पद अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका परियारको साथबाट प्रहरीले लुटपाटमा प्रयोग भएका पेस्तोल एक थान, म्याग्जिन एक थान, ११ राउण्ड गोली, नगद ९ हजार ५० रुपैँया तथा सुनका गरगहना समेत बरामद गरेको छ ।

परियार नेकपा बिप्लब समुहबाट नेकपा बहुमद समुह हुँदै हाल बैध समुहमा आबद्ध रहेको र २०७६ माघ २१ गते संगठीत अपराध, अपराधिक उपद्रव, एनसेल टावर आगजनी, जेसीबी आगजनी, राज्यबिरुद्धको कसुर लगायत पाँच वटा मुद्धामा कैद सजाय भुक्तान गरी २०८० भदौमा कारगारबाट छुटेका थिए ।

घटना सम्बन्धमा थप अनुसन्धान तथा कानूनी कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here