पत्रकार सहारा उपचार कोष दीर्घायु होस्

0
7

पत्रकार सहारा उपचार कोषले औपचारिक मान्यता पाएको छ । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले सोमबार बिर्तामोडमा आयोजित एक विशिष्ट समारोहका बीच उपचार कोष र नेपाल पत्रकार महासंघ झापा शाखाको स्तरोन्नतित् भवनको घोषणा तथा समुद्घाटन गरेका छन् । आठ वर्षअघि स्थापना भएको उपचार कोषमा विभिन्न दाता एवम् संघ–संस्थाहरुको योगदान रहेको छ । कोषमा रु. एक करोड पु¥याउने र बिरामी तथा घाइते पत्रकारहरुको उपचारमा सहयोग गर्ने उद्देश्यले कोषको स्थापना गरिएको महासंघ झापा अध्यक्ष एकराज गिरीले बताएका छन् ।

सोमबार आयोजित कार्यक्रममा कोषको पूर्णतामा सहयोग गर्ने तथा योगदान पु¥याउने दाताहरुलाई प्रथम राष्ट्रपति डा. यादवले सम्मानपत्र प्रदान गरेका थिए । त्यस अवसरमा महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले झापा सबै क्षेत्रमा अगुवा रहेको भन्दै पत्रकार सहारा उपचार कोष मार्फत समाज रुपान्तरणमा विशेष योगदान दिने पत्रकारहरुलाई सहयोग गर्ने अभियान प्रशंसनीय रहेको बताए । यद्यपि जनताको सुसूचित हुन पाउने अधिकारको प्रत्याभूति गर्ने कार्यमा अहोरात्र खटिने पत्रकारहरुको सुरक्षाका लागि स्थापित कोषको सुव्यवस्थापन चुनौतिपूर्ण छ ।

महासंघमा नेतृत्व परिवर्तन भइरहन्छ । एउटा नेतृत्वले सम्पूर्ण ऊर्जा, समय र उत्साह खर्च गरेर निर्माण गरेको कोषको दिगोपन महासंघका अघि चुनौती छ । अक्षय कोषबाट प्राप्त हुने ब्याजबाट उपचारमा सहयोग गर्ने लक्ष्यलाई ‘दायाँ–बायाँ’ हुन नदिन प्रत्येक समिति सचेत हुनुपर्छ । नित्य–निरन्तर भइरहने मूल्यवृद्धि अनुरुप आर्थिक सहयोगलाई पनि विस्तार गर्दै लानुपर्ने हुन्छ । प्रेस स्वतन्त्रता र सूचनाको हकको प्रत्याभूतिका निम्ति जोखिम मोलेर कार्य क्षेत्रमा खटिने पत्रकारहरुको आर्थिक सुरक्षामा कोष मार्फत सहयोग पुग्यो भने यसको महत्व र सार्थकता अझ बढ्नेछ । नेतृत्वमा रहनेहरु भने यसप्रति सचेत हुनै पर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here