भारतलाई मिसाइल नदिने चिनियाँ दबावमा आएन रुस

0
2

मस्को ।

युक्रेन युद्धको बीचमा रुसले भारतलाई इग्ला एस मिसाईल जुनकी सतहबाट हावामा मार गर्ने क्षेप्यास्त्र उपलब्ध गराएको छ।

भारतले चाँडै हिमालयमा चीनविरुद्ध यो मिसाइल तैनाथ गर्न लागेको छ । यो क्षेप्यास्त्र सजिलै जहाँसुकै लैजान सकिन्छ र काँधमा राखेर प्रहार गर्न सकिन्छ। यसबाट लडाकु विमान, ड्रोन र क्रुज मिसाइललाई निशाना बनाउन सकिन्छ।

चीन र भारतबीच तनाव निकै बढेको बेला रुसले यो क्षेप्यास्त्र आपूर्ति गरेको हो । युक्रेन युद्धका बीच रुस र चीनको मित्रता कुनै सिमाविहीन भएको छ । विज्ञहरूका अनुसार यो मिसाइल दिनुले चीनको नजिक भए पनि रुसले भारतसँगको मित्रतालाई कमजोर पार्न नसकेको देखाउँछ ।

सन् २०२१ मा, भारतीय सेनाले पहिलो पटक सोभियत डिजाइन गरिएको यो मिसाइल प्रयोग गर्न थालेको थियो। चीनसँगको ४ वर्ष पुरानो तनावको बीचमा भारत सेनाले काँधमा राखेर प्रहार गर्ने यो मिसाइल ठूलो मात्रामा खरिद गरिरहेको छ ।

यसअघि सन् २०२० मा गलवान हिंसामा धेरै भारतीय सैनिक मारिएका थिए । विज्ञहरूका अनुसार रुसले यो क्षेप्यास्त्र दिदा गर्दा मित्रताका बाबजुद चीनले हतियारको मुद्दामा रुसी नेतृत्वलाई भारतविरुद्ध झुकाउन नसकेको देखाउँछ। भारतलाई हतियार बेचेकोमा चीनले रुसको विरोध गर्दै आएको छ तर पुटिनले ड्र्यागनको सुझावलाई स्वीकार नगर्ने स्पष्ट रूपमा बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here