अम्बेडकरको जन्मजयन्ती मनाउन कार्यक्रम आयाेजना

0
2

काठमाण्डौं ।

राष्ट्रिय एकता अभियानले महान् समाज सुधारक तथा हिन्दू साहित्यका विद्वान डा. भीमराव अम्बेडकरको जन्मजयन्ती मनाउन कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा भारतका पूर्व केन्द्रीय मन्त्री एवम भाजपाका राष्ट्रिय प्रवक्ता, विचारक तथा भारतीय दलित आन्दोलनका नेता डा विजय सोनकर शास्त्री प्रमुख अतिथि थिए ।

कार्यक्रमको अध्यक्षता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले गरेका थिए । कार्यक्रममा संविधानसभाका सदस्य तथा अभियानका बरिष्ठ नेता बीपी यादव, नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी, नेपाली दलित आन्दोलनका नेता खगेन्द्र सुनुवार, विश्लेषक युगनाथ शर्मा पौडेल सहभागी थिए।

कार्यक्रमको सञ्चालन अभियानकर्मी चन्द्र यदुवंशीले गरेका थिए । अभियानका युवा विभागका संयोजक दिवास पटेल र राष्ट्रियविद्यार्थी परिषद्का महासचिव पप्पु यादवले अतिथिहरूलाई सम्मान गरेका थिए ।

कार्यक्रमले डा. अम्बेडकरको विरासत र सामाजिक सुधार र भारतीय समाजमा उनको योगदानलाई श्रद्धांजलि अर्पण गरियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here