नेपाल-भारत बीचमा जनता-जनताबीचको सम्बन्ध अतुलनीय छ : मुख्यमन्त्री यादव

0
5

काठमाडौं ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाल-भारत बीचमा जनता-जनता बिचको सम्बन्ध अतुलनीय रहेको बताउनुभएको छ ।

स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र भारतीय दुतावासद्वारा नयाँ वर्षको अवसर पारेर जनकपुरधाममा आयोजित द्वितीय जनकपुरधाम साँस्कृतिक महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री यादवले नेपाल-भारत बीचको जनता-जनता बीचको अतुलनीय सम्बन्धकै कारण दुई देशको सम्बन्ध प्रगाढ रहेको बताउनुभयो ।

नेपाल-भारत बीचको सम्बन्ध दुई देशको सरकार भन्दा पनि जनता-जनता बीच रहेको उल्लेख गर्नुभयो । सीमा क्षेत्रमा सुरक्षा र राजश्वको नाममा केही वर्ष यता सर्वसाधारण संग सुरक्षाकर्मीबाट भइरहेको व्यवहारले दुई देश बिचको सदियाँै पुरानो सम्बन्धलाई नै खलल पु¥याउने कार्य भइरहेको उल्लेख गर्दै उहाँले त्यसमा सुधार ल्याउन नेपाल र भारत दुवै सरकारसँग आग्रह गर्नुभयो ।

भारतीय महावाणिज्य दुतावास वीरगञ्जका महावाणिज्यदुत डिएस मिनाले दुई देश बिचको साझा संस्कृतिको प्रदर्शनकै लागि जनकपुरधाममा सांस्कृतिक महोत्सवको आयोजना गरिएको बताउनुभयो ।

महोत्सवमा दुई देशक नारीहरुको साझा पहिरण साडीको प्रदर्शनीका साथै विभिन्न किल्लाहरुको फोटो प्रदर्शनी गरिएको थियो । महोत्सव अन्तर्गत साझा साँस्कृतिक कार्यक्रमको आयोजना समेत गरिएको छ । ईमेज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here