लागूऔषधसहित एक ब्यक्ति पक्राउ

0
4

बिर्तामोड ।

झापाको कनकाई नगरपालिका –४ त्रिबेणी टोलबाट सोही ठाँउ बस्ने एक ब्यक्तिलाई प्रहरीले लागूऔषध सहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा २५ वर्षीय गोपाल राई रहेको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ । बाटोमा हिडिरहेको अवस्थामा प्रहरी हवल्दार शंकरलाल माझीको कमाण्डमा खटिएको टोलीले शंक लागेर चेक जाँच गर्ने क्रममा प्लास्टीकको पोकामा ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ फेला परेको थियो ।

प्लास्टीकसहित ६ सय ५० मिलिग्राम रहेको र उनको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here