कोशी प्रदेश सरकार मानव संशाधन विकास गर्दै अगाडि बढेको – मुख्य मन्त्री कार्की

0
3

छविराज ढकाल,
पथरीशनिश्चरे।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेश सरकार मानव संशाधन विकास गर्दै अगाडि बढेको बताउनुभएको छ। उहाँले शनिबार मोरङको पथरीशनिश्चरे १० स्थित भुटानी शरणार्थी शिविरमा स्वास्थ्य चौकीको उद्घाटन गर्दै सो कुरा बताउनुभएको हो।

ईन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाले आयोजना गरेको सो स्वास्थ्य चौकीको उद्घाटन गर्नु हुँदै मुख्य मन्त्री कार्कीले लगानी बढाएर लागानीको प्रतिफल लिएर जान दातृ निकायहरूलाई आग्रह गर्नुभयो।

प्रदेश सरकारको निती तथा कार्यक्रममार्फत मानव संशाधनको थप विकासमा जोड दिदै अगाडि बढेको उल्लेख गर्नुभयो। उहाँले फरक प्रसंगमा उहाँले आफ्नो नेतृत्वको सरकार आगामी २ वर्षको लागि हलचल हुने समेत जिकिर गर्नुभएको थियो।

सोहि अवसरमा मुख्य मन्त्री कार्की तथा ईन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले संयूक्त रुपमा सो स्वास्थ्य चौकीको उद्घाटन गर्नुभयो।
साथै, सोहि कार्यक्रममा दमक र पथरीशनिश्चरे नगरपालिकालाई विमारी ओसारपसार गर्न सहजताका लागि ईन्ट्रा फाउण्डेशनका अध्यक्ष अधिकारी र मुख्य मन्त्री कार्कीले संयुक्त रूपमा १/१ वटा गरी दुईवटा एम्बुलेन्सको साँचो पनि हस्तान्तरण गर्नुभएको थियो।

सोहि कार्यक्रममा ईन्ट्रा फाउण्डेशनका अध्यक्ष अधिकारीले संसार भरका नेपाली भाषी र जातिहरूलाई एउटै छाता मुनि गोलबन्द गर्दै नेपाली समुदाय भुटानी शरणार्थी शिविरमा बर्षौदेखि शरणागत जीवन बिताउन वाध्य भुटानी शरणार्थीहरूलाई स्वास्थ्य परीक्षण सहित उपचार सेवा प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष अधिकारीले बताउनुभयो।

भुटान देखि भारत हुँदै नेपालका झापा र मोरङका विभिन्न स्थानमा ३ दशक भन्दा अघिदेखि शरणार्थी जीवन बिताउन वाध्य भुटानी शरणार्थीहरूको स्वास्थ्य सुविधा उपलव्ध उपलब्ध गराउन जनाईएको छ। सो कार्यक्रममार्फत ईन्ट्रा फाउण्डेशनका अध्यक्ष अधिकारीले झापाको बेलडाँगी र मोरङको पथरीशनिश्चरेमा रहेका नेपालीभाषी भुटानी शरणार्थीहरूलाई स्वास्थ्य, शिक्षा, रोजगारी, लगायतका विभिन्न सेवा सुविधाहरु उपलब्ध गराउन मुख्य मन्त्री समझ अनुरोध गरिएको थियो।

उक्त अवसरमा विपी क्याम्प धरानको विमारीको उपचारका लागि सहयोग गर्ने डा . रबीन मास्केले बचन दिनुभयो। ईन्ट्रा फाउण्डेशनका नेपाल दुत ( एम्बास्डार) दिलिप रायमाझी, नृत्य निर्देशक शंकर बिसी, कलाकार करिष्मा ढकाल, गायक डम्बर नेपाली, लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आ आफ्ना विभिन्न सांगीतिक तथा सांस्कृतिक नृत्यहरू प्रस्तुति दिएका थिए।

कार्यक्रम पथरीशनिश्चरे स्थित ईन्ट्रा फाउण्डेशनका संयोजक राम वानियाँको अध्यक्षतामा सम्पन्न भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here