दुर्घटनामा परी एक वालकको मृत्यु

0
9

झापा ।

झापाको बिर्तामोडमा दुर्घटनामा परी एक वालकको मृत्यु भएको भएको छ ।

शनिबार राति बिर्तामोडस्थित मुक्तिचोकमा कारको ठक्करबाट मेनपा ११ निवासी सन्तोष रोकाको मृत्यु भएको हो ।

पश्चिमबाट पूर्ब तर्फ जाँदै गरेको प्र।. १.०१. ००२ च १९० नम्बरको कारले पैदल यात्री मेचीनगर नगरपालिका वडा नं . १२ बस्ने गोपाल रोकाको छोरा ११ वर्षीय रोकालाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनाबाट घाइते सन्तोषलाई उपचारक लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाइएको र उपचारको क्रममा आईतबार बिहान ३ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

कार चालक मेचीनगर नगरपालिका वडा नं. १ बस्ने २६ वर्षीय रोनस परियारलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here