डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

0
7

खोटाङ,

खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउनेक्रममा जलेर एक वृद्धको मृत्यु भएको छ ।

रावाबेँसी गाउँपालिका–१ कुभिन्डेस्थित हरम्टारका ८५ वर्षीय सिद्धिबहादुर श्रेष्ठको जलेर मृत्यु भएको हो ।

खेतमा जम्मा भएको झिक्रा तथा पात डढाउन आफैले बालेको आगो अनियन्त्रित भएर स्थानीय हरमटार मैनाचउर सामुदायिक वनमा सल्केपछि निभाउन खोज्दा श्रेष्ठको जलेर मृत्यु भएको कुभिण्डेका वडाध्यक्ष गेहेन्द्रमान राईले बताउनुभयो । खोजी गर्ने क्रममा डढेलोले जलेको अवस्थामा शव भेटिएको उहाँले बताउनुभयो ।

सामुदायिक वनमा लागेको डढेलो अझै नियन्त्रणमा आउन नसकेको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिनुभयो । डढेलो नियन्त्रण गर्न स्थानीयवासीसँगै प्रहरीसमेत परिचालन गरिएको छ ।

सो डढेलो रावाबेँसी गाउँपालिकाको कार्यालय हरमटारभन्दा मुनिसम्म सल्केको स्थानीयवासीले बताएका छन् । दश स्थानीय तह रहेको खोटाङमा अधिकांश सामुदायिक वनमा डढेलो लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here