पथरीशनिश्चरेमा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप हुने

0
6

छविराज ढकाल,
पथरीशनिश्चरे ।

मोरङको पथरीशनिश्चरेमा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप खुल्ला नकआउट–२०८१ आगामी जेठ १२ गतेदेखि सञ्चालन हुने भएको छ।

बिहीबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै पथरी–११ फुटबल क्लब, पथरीशनिश्चरेले आउँदो जेठ २१ गतेसम्म १० दिन सो प्रतियोगिता संचालन हुने जनाएको हो।

यूवा पुस्तालाई दुर्व्यसनबाट जोगाउँदै खेलकुद तर्फ आकर्षित गर्ने , स्वस्थ्य, सवल तथा नेतृत्वशील जनशक्ति तयार पार्ने र पथरीशनिश्चरे नगरका खेलाडीहरूलाई व्यवसायिक बनाउने उद्देश्यले सो नकआउट फुटबल प्रतियोगिता आयोजना गरिएको पथरी ११ का सचिव मणि लुम्फुवा लिम्बूले बताए ।

कुल ४० लाख ८५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको सो प्रतियोगितामा भारत (सिक्किम)को एउटा टिमसहित नेपालका ए डिभिजनका विभिन्न फुटबल क्लबहरूले सहभागिता जनाउने खेल संयोजक सुमन विकले बताए ।

प्रतियोगिताको प्रथम विजेता र उपविजेता टिमलाई क्रमशः चार लाख रुपैयाँ , र दुई लाख रुपैयाँ र विधागत पुरस्कार दुई लाख ५० हजार रुपैयाँ नगदसहित मेडल तथा ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

हरेक दिन प्रतियोगिताको म्यान अफ दि म्याच घोषित खेलाडीहरूलाई जनही पाँच हजार रुपैयाँ सहित मेडल–ट्रफी प्रदान गरिने छ। पथरीशनिश्चरे नगरपालिकाको कार्यलय, छिमेकी पालिकाहरू, देश विदेशमा रहेका खेलप्रेमी नेपाली दाजुभाईहरू, पथरी शनिश्चरे नगरक्षेत्रमा रहेका व्यापारिक संघ संस्थाहरु लगायतको आर्थिक सहायतामा प्रतियोगिताको आयोजना गरिएको उक्त अवसरमा आयोजक पथरी ११ फुटबल क्लबका संयोजक सुमन विकले जानकारी दिए ।

उक्त अवसरमा समाजसेवी गणेश कुमार खड्का, गणेश थक्लुङ लिम्बू लगायतले प्रतियोगिताको सफलताको शुभकामना दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here