झापाको देउनियाँ पुलमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

0
22

झापा ।

झापाको देउनियाँ पुलमा मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । मृत्यु हुनेको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार बिहीबार राति ८:३५ बजेको समयमा पूर्व पश्चिम राजमार्ग अन्तरगत मेचीनगर नगरपालिका-१२ स्थित देउनियाँ पुलमा बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको मे ११ प १६०९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना परेको थियो ।

दुर्घटनामा परी मोटरसाइकल चालकको नाम थर वतन नखुलेको अन्दाजी ४० वर्षका पुरुषलाई उपचारको लागि बिर्तामोड लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले बताए । मोटरसाइकललाई प्रहरी चौकी चारआलीले नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here